+

बदलियो जाभीको मन, अर्को सिजन पनि बार्सिलोनामा रहने

२०८१ वैशाख  १३ गते १८:२२ २०८१ वैशाख १३ गते १८:२२
बदलियो जाभीको मन, अर्को सिजन पनि बार्सिलोनामा रहने

१३ वैशाख, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाका प्रशिक्षक जाभीले आफ्नो मन बदलेका छन् र जुन २०२५ सम्म क्लबमा रहने निर्णय लिएका छन् ।

४४ वर्षीय जाभीले जनवरीमा सिजनको अन्त्यमा क्लब छाड्ने घोषणा गरेका थिए । त्यसयता अध्यक्ष जोन लापोर्टाले उनलाई सम्झौताअनुसार क्लबमै राख्न निरन्तर प्रयास गरेका थिए । बिहीबार आयोजित पत्रकार सम्मेलनमा उनले प्रशिक्षक जाभी सम्झौता अवधिभर क्लबमा रहने जानकारी दिए ।

‘सिजनको मध्यतिर उनले आफ्नो वक्तव्य दिएको हामी सबैलाई थाहै छ’, उनले भने, ‘तर आज मसँग सुखद समाचार छ कि उनी क्लबमै रहनेछन् र उनले मलाई यो प्रोजेक्टमा उनको उत्साह र आत्मविश्वासबारे जानकारी गराएका छन् ।’

बार्सिलोनाका पूर्वखेलाडी जाभी नोभेम्बर २०२१ मा प्रशिक्षक नियुक्त भएका थिए । उनले २०२२–२३ मा क्लबलाई ला लिगाको उपाधि समेत जिताएका छन् ।

तर यो सिजन बार्सिलोना लिग लिडर रियल मड्रिडभन्दा ११ अंकले पछाडि छ र अब ६ खेल मात्र खेल्न बाँकी छ । गत साता क्वार्टरफाइनलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग पराजित भएर बार्सिलोना च्याम्पियन्स लिगबाट पनि क्लब बाहिरिएको छ ।

जतिबेला उनले क्लब छाड्ने घोषणा गरेका थिए, बार्सिलोना भियारियलसँग पराजित भएको थियो । आफूलाई क्लबले संरक्षण नगरेको र प्रष्ट मार्गदर्शन पनि नभएको जाभीलाई लागेको थियो ।

त्यो क्षण (घोषणा) पछि जाभीले जब दबावमुक्त महसुस गरे, टिमको नजितामा भने सुधार आयो । ला लिगाको आफ्नो पछिल्लो खेलमा रियल मड्रिडसँग ३–२ ले हार्नुअघिसम्म बार्सिलोना १० खेलमा अपराजित रहेको थियो ।

बुधबार क्लब अध्यक्ष लापोर्टाको निवासमा भेटपछि उनले बार्सिलोनामा रहन सहमत भए ।

अब २०२४/२५ को सिजनको अन्त्यसम्म टिममा सुधार भएन भने बार्सिलोनाले उनको विकल्प खोज्ने छ, जसमा पेपे ग्वार्डिओला, लुइस इनरिक र मिकेल आर्टेटा समेत सम्भावित हुन् । तर अहिलेका लागि भने अरु प्रशिक्षकसँग सम्वाद नगर्ने बार्सिलोना अध्यक्ष लापोर्टाले बताए ।

जाभी फुटबल बार्सिलोना स्पेन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय