+
+

साढे २ वर्षकी बालिका बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १८:३५

१३ वैशाख, काठमाडौं । साढे २ वर्षकी बालिका बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

उर्मिला भनेर चिनिने ४३ वर्षीया कल्पना विश्वकर्मा पक्राउ परेकी हुन् । मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनलाई भृकुटीमण्डपबाट १० वैशाखमा पक्राउ गरेको हो ।

ललितपुरको गोदावरी नगरपालिका–१३ घर भएकी विश्वकर्माले मकवानपुरकी एक बालिकालाई पढाइदिने भन्दै काठमाडौं ल्याएकी थिइन् । काठमाडौंमा ४ दिन राखेपछि भारतका लगेर बेचेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता ज्ञानेन्द्र फुयालले बताए ।

भारतको सिलगढीबाट काँकरभिट्टा आएकी आफ्नी साथीलाई विश्वकर्माले साढे २ वर्षको बच्चा जिम्मा लगाएको खुलेको थियो । बालिकालाई भारत लैजान अर्कै व्यक्तिलाई जिम्मा दिएको सूचना पाएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

मकवानपुर प्रहरी, बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल परिषद्को पहलमा १० वैशाखमा साढे २ वर्षकी बालिकाको उद्दार गरिएको थियो ।

पक्राउ परेकी विश्वकर्माविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ । विश्वकर्माले विभिन्न प्रलोभन देखाएर २९ चैतमा पीडितकै घरबाटै ती बालिकालाई ल्याएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?