+
+

रुसी सेनामा भएका नेपाली फिर्ताको माग गर्दै डा. केसीले बुझाए राजदूतलाई ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १९:२६

१३ वैशाख, काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले रुसी सेनामा भएका नेपालीहरू फिर्ता ल्याउन माग गर्दै नेपालका लागि रुसका राजदूतलाई ज्ञापन पत्र बुझाएका छन् ।

रुसी सेनामा नेपालीको भर्ती रोक्न र भएका नेपाली फिर्ताको माग गर्दै डा. केसीले बिहीबार ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा उनले रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता पठाउन, घाइतेहरूको उपचार गर्न, मृतक, घाइते तथा उनीहरूका परिवारलाई क्षतिपूर्ति दिन आग्रह गरेका छन् ।

‘भारत र युनाइटेड किङडम बाहेक तेस्रो देशले भर्ना गर्नु नेपालको कानून विपरीत भएकोले हामी रुसी संघलाई थप भर्ती रोक्न, सेनामा कार्यरतहरूलाई फिर्ता पठाउन आग्रह गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।

साथै डा. केसी लगायत केही व्यक्तिले नेपालीहरू भर्ती भएको विरोधमा रुसको दूतावास नजिकै प्रर्दशनसमेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?