+

अभिलाषा र सुनिरा फाइनलमा

२०८१ वैशाख  १३ गते १९:५४ २०८१ वैशाख १३ गते १९:५४
अभिलाषा र सुनिरा फाइनलमा

१३ वैशाख, काठमाडौं । अभिलाषा विष्ट र सुनिरा थापा १०औं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा अभिलाषाले आध्या पौडेललाई ६–१, ६–२ तथा सुनिराले समृद्धि महर्जनलाई ६–०, ६–० को सोझो सेटमा पराजित गरिन् ।

सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धरले उपाधि भिडन्त पक्का गरे ।

प्रदीपले प्रणव खनाललाई ६–३, ६–२ तथा प्रणवले ऋतिक राणालाई ७–५, ७–६ को सेटमा हराए ।

मिक्स डबल्समा प्रदीप खड्का र महिका राणाको जोडीले आइशा डोल्कर गुरुङ र आर्यन गिरीको जोडीलाई ६–२, ७–५ तथा ऋतिक राणा र अभिलाषा विष्टको जोडीले भगवती विक र सुमन लामाको जोडीलाई ६–०, ६–१ ले पाखा लगाउँदै फाइनलमा स्थान पक्का गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले सिमान्त गुरुङलाई ६–०, ६–१ तथा सन्तोष खत्रीले अनिल साइलाई ६–२, ६–३ को सोझो सेटमा पन्छ्याउँदै फाइनलमा स्थान बनाए ।

५५ वर्षमाथि पुरुष डबल्समा विमलकुमार वाइबा र हिमाल शाहको जोडीले जीवन घिमिरे र शिवप्रसाद सेढाईंको जोडीलाई २–६, ६–३, ११–९ तथा कमल थापा र छ्याम्बा धुन्डुपको जोडीले चन्द्र शाही र सोमबहादुर लालचनको जोडीलाई ६–२, ६–३ को सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे ।

भेट्रान ३५ वर्षमाथि पुरुष डबल्समा अनिल साइ र सिमान्त गुरुङको जोडीले सन्तोष खत्री र छेवाङ लामाको जोडीलाई ६–४, ३–६, १०–४ तथा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले भीष्मजंग गुरुङ र देव क्षेत्रीको जोडीलाई ७–६, ६–३ ले हराउँदै फाइनलमा पुगे ।

अभिलाषा विष्ट टेनिस प्रतियोगिता सुनिरा थापा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय