+
+

सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते २०:००

१३ वैशाख, काठमाडौं । लोकसेवा आयोगले सहसचिव पदका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बिहीबार सहसचिवका लिखित परीक्षाको नतिजा सार्वजनिक गर्दै उत्तीर्णहरुलाई अन्तरवार्तामा बोलाएको छ ।

आयोगका अनुसार २ जना सहसचिवका लागि प्रशासनतर्फ खुलामा ४, एक जना महिला कोटाको सहसचिवका लागि ४ र एक जना मधेशीतर्फको सहसचिवको  लिखित परीक्षामा ३ जना पास भएका छन् । प्रशासनतर्फ सहसचिवका लागि लिखितमा १ हजार २५ जना सहभागी थिए ।

यसैगरी न्याय सेवा, कानून समूहको खुलातर्फ एक जना सहसचिवको लिखित परीक्षामा ३ जना उत्तीर्ण भएका छन् । यो परीक्षमाा ९४ जना सहभागी भएका थिए ।

यसैगरी लेखापरीक्षण सेवाको मधेशीतर्फ एक जना सहसचिवको लिखित परीक्षामा ६ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा १८ जवना सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?