+
+

मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता, खोजीमा गोताखोर परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते २०:२२
फाइल तस्वीर ।

१३ वैशाख, काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ रानीघाटमा मलामी गएका व्यक्ति भेरी नदीमा बेपत्ता भएपछि खोजी कार्यको लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन भएको छ ।

चौरजहारी ९ कोटजहारी बस्ने ६१ वर्षीय नारायण खड्का १२ वैशाखमा मलामी गएको बेला नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट ६ जनाको गोताखोर टोली बिहीबार उनको खोजी कार्यको लागि गएको छ ।

आज दिउँसो ३ बजेदेखि खोजी कार्य गरेको थियो । शुक्रबार बिहानैदेखि पुनः खोजी सुरु गर्ने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?