+
+

एभरेष्ट भ्यु ट्रेल म्याराथनको उपाधि अर्जुन र सविनालाई

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते २१:०७

१३ वैशाख, काठमाडौं । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको आयोजनामा भएको एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको उपाधि खुल्लातर्फ अर्जुन कुलुङ राई र सविना राईले जितेका छन् ।

महाकुलुलुङका अर्जुन कुलुङले कोर्कु रङ्गशालामा आयोजित ४७ किलोमिटरको म्याराथन प्रतियोगितामा ४ घण्टा ३८ मिनेट ४६ सेकेन्डमा दुरी पार उपाधि जिते । खुल्ला तर्फ त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले ४ घण्टा ४७ मिनेट २१ सेकेन्डमा दुरी पार दोस्रो भए भने महाकुलुङकै सुमन खालिङ ५ खण्टा १ मिनेट ५६ सेकेन्डमा पार गर्दै तेस्रो भए ।

खुल्ला महिला तर्फ कालेबुङकी सविना राईलेत ४७ किलोमिटर दूरी ६ घण्टा ९ मिनेट १० सेकेन्डमा पूरा गर्दै पहिलो भइन् ।

यस्तै खोटाङकी निर्मला राईले निर्धारित दूरी ६ घण्टा ११ मिनेट ४० सेकेन्डमा पार गर्दै दोस्रो भइन् । यस्तै ल्हाक्पा निङ्मा शेर्पा निर्धारित दुरी ६ घण्टा ४० मिनेट ३५ सेकेन्डमा पूरा गर्दै तेस्रो भइन् ।

खुल्ला महिला र पुरूष तर्फका शीर्ष तीनमा रहेकाहरुले क्रमश: १ लाख, ७५ हजार र ५० हजारको साथमा मेडल र प्रमाणा पत्र प्राप्त गरे ।

यता विधागततर्फ ३० देखी ४९ वर्षको उमेर समुहमा पुरुषतर्फ जङ्गवीर कुलुङ, क्षितिज कुलुङ र टिकामान राई तथा महिलातर्फ अनिता राई, शुस्मा राई र आङ छुटिङ शेर्पा क्रमश: प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यस्तै १८ देखी २९ वर्षको उमेर समुहमा पुरुषतर्फ गोपाल तामाङ, उमेश राई र कुल बहादुर बस्नेत तथा महिलातर्फ हुमि बुढा मगर, इन्द्र कला नेम्वाङ र चन्दना राई क्रमश: प्रथम, द्वितीय र तृतीय भएका छन् ।

५० देखी ६५ उमेर समुहको पुरुषतर्फ अन्तबिर राई, काजिमान राई र भीमबहादुर तामाङ तथा क्रमश: पहिलो, दोस्रो र तेस्रो भएका छन् भने महिला तर्फ एकल प्रतिस्पर्धी सुनवरी राई पहिलो भइन् ।

विधागततर्फ शीर्ष तीनमा रहेकाहरुले क्रमशः २० हजार, १५ हजार र १० हजार प्राप्त गरेका छन् ।

माप्य दूधकोशी गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले एभरेष्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताले गाउँपालिकाको खेलकुद क्षेत्रमा महत्वपुर्ण योगदान गरेको बताए । यस्तै गाउँपालिका उपाध्यक्ष गौरव राईले यस प्रतियोगिताले गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा राम्रो साथ दिएको र प्रतियोगिताको माध्यमबाट गाउँपालिकाको पर्यटकीय गन्तव्यलाई प्रवर्द्धन गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?