+
+

‘पूर्णबहादुरको सारंगी’मा प्रकाश सपुत अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते ९:२६
प्रकाश सपुत (बायाँ) र निर्माता विनोद पौडेल । तस्वीर सौजन्य– सेभेन सिज ।

काठमाडौं । अन्तर्राष्ट्रिय वितरण कम्पनी सेभेन सिजले निर्माण गर्न लागेको फिल्म ‘पूर्णबहादुरको सारंगी’मा कलाकारको रोचक लाइनअप तयार हुने क्रम जारी छ ।

यसअघि यो फिल्ममा विजय बराल अनुबन्धित भैसकेका छन् । यो सूचीमा गायक समेत रहेका प्रकाश सपुत पनि जोडिएका छन् । सपुतको डेब्यु फिल्म ‘परदेशी’ले २०८० सालमा घरेलु बक्सअफिसमा राम्रो कमाइ गरेको थियो ।

यसबारे जानकारी दिन सेभेन सिजले प्रेषित गरेको विवरण तस्वीरमा सपुतलाई सारंगी बजाइरहेको लुक्समा देख्न सकिन्छ । निर्माता विनोद पौडेलले सपुतको रोलबारे विस्तृत त खुलाएनन् तर, महत्वपूर्ण पात्रमा उनलाई देख्न सकिने बताए ।

फिल्मलाई ‘वेलकम टु हेम्जाकोट’ फेम्ड सरोज पौडेलले निर्देशन गर्दैछन् । यो कथानक फिल्मले बाउछोराको भावनात्मक यात्राको कथा भन्छ । विजयले बाउको भूमिका चित्रण गर्दैछन् । छोराको पात्र तय हुन बाँकी रहेको कास्टिङ निर्देशक केदार श्रेष्ठले बताए ।

कथा महेश दवाडीले लेखेका छन् । फिल्मलाई जेठको सातादेखि बागलुङमा छायांकन गर्ने तयारी छ । यो फिल्ममार्फत ‘भ्वाइस अफ नेपाल सिजन ५’ का प्रतिस्पर्धी प्रशान्त सिवाकोटीले संगीत निर्देशकको रुपमा डेब्यु गर्दैछन् । फिल्मलाई २०८२ सालमा रिलिज गर्ने तयारी छ ।

निर्मातामा विनोद पौडेल र प्याट्रिक सुवेदी, कार्यकारी निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् । सेभेन सिजले विभिन्न प्रोजेक्टमा सह-लगानी गरेपनि, कम्पनीकै ब्यानरमा बन्न लागेको यो पहिलो फिल्म हो । २०८० सालदेखि नै सेभेन सिजले घरेलु फिल्मको डायस्पोरा वितरण थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?