+
+

कृषि मन्त्रालयका सहसचिव डा. गैरे बर्खास्त

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते ११:०७

१४ वैशाख, काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरे जागिरबाट बर्खास्त भएका छन् ।

मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशन गरी ०८० वैशाख २ गतेदेखि सम्पर्कमा नरहेको भन्दै सेवाबाट बर्खास्त गरिएको जानकारी दिएको हो ।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड ६ बमोजिम गैरेलाई मन्त्रिपरिषद्को निर्णयअनुसार सेवाबाट हटाइएको मन्त्रालयको सूचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?