+
+

 ‘पैसाको उडान’मा रवीन्द्र समीर  

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते ११:२९

काठमाडौं । साहित्यकार रवीन्द्र समीरको उपन्यास ‘पैसाको उडान’  प्रकाशित भएको छ  । यो लघुकथा शैलीमा लेखिएको उपन्यास हो  ।

पैसाले खुसी, इज्जत, भोक, निद्रा, भावना, मुस्कान, आँशुजस्ता अभौतिक वस्तु किन्ने दौडमा लाग्दा मानसिक विचलन भएको कुवेर नामका पात्रको जीवन कथा यसमा छ । राजनीतिमा लागेका सुदामा नामको पात्रको आदर्श जीवनलाई पनि सँगसँगै बुनिएको छ  ।

मुख्य पात्र कुवेर र सुदामाको वरिपरी लेखिएको यो उपन्यासमा ५६ वटा च्याप्टर छन्  । अत्यधिक पैसाले जीवनमा के कस्ता दुस्प्रभाव गर्दछ भन्ने कोणबाट यो उपन्यास पृथक छ  ।

शिखा बुक्सले प्रकाशन गरेको ‘पैसाको उडान’ को मूल्य ३२५ रूपैयाँ छ  ।

समीरका अर्जुनदृष्टि, ईश्वरका कथा, अणु र पहाड, ग्रेटवालको ग्रेट अनुभूति, भूकम्पमा मल्हमपट्टी, एकलब्य दृष्टि, मृत्युको आयु, कोरोनातन्त्र लगायत १४ वटा साहित्यिक कृति प्रकाशित छन्  ।

समीरले युवा वर्ष मोती पुरस्कार, उत्तम शान्ति पुरस्कार, पद्मश्री पुरस्कार, अनेसास पुरस्कार, नेपाल विद्याभूषण पदक लगायत तीन दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?