+
+

गृहमन्त्रीले गरे ६ एसएसपीको सरुवा, काठमाडौं प्रमुखमा रजौरे

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १२:३६
बसन्त रजौरे

१४ वैशाख, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ६ जना एसएसपीको सरुवा गरेका छन् ।

काठमाडौं जिल्ला प्रहरी परिसरका एसएसपी भुपेन्द्र खत्रीलाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । विभागमा रहेका बसन्त रजौरेलाई काठमाडौं प्रमुखको जिम्मेवारी दिएका छन् ।

उपत्यका अपराध कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठोरलाई राष्ट्रिय सुरक्षा परिषद्मा सरुवा गरिएको छ भने परिषद्मा रहेका सानुराम भट्टराई, राठोरको स्थानमा आएका छन् ।

प्रहरी प्रधान कार्यालय तालिम निर्देशनालयका एसएसपी अभिनारायण काफ्लेलाई कोशी प्रदेश तालिम केन्द्रमा पठाइएको छ ।

कोशीमा रहेका एसएसपी राजन अधिकारीलाई हेडक्वार्टरको तालिम निर्देशनालयमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?