+
+

क्रोयसियामा राजदूतावास माग्दै परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १२:४२

१४ वैशाख, काठमाडौं । युरोपेली मुलुक क्रोयसियामा नेपाली राजदूतावास स्थापना गर्न माग गर्दै उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापन पत्र बुझाइएको छ ।

व्यवसायी दावा लामाले शुक्रबार परराष्ट्रमन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउनुअघि एनआरएनए क्रोयसिया तथा क्रोयसियामा रहेको नेपाली समुदायबीच छलफल गरिएको थियो ।

परराष्ट्र मन्त्रीसँगको भेटपछि क्रोयसियामा रहेका नेपालीहरूको विभिन्न समस्या समधान हुनेमा आशावादी भएको लामाले प्रतिक्रिया दिएका छन् ।

ज्ञापन पत्र बुझ्दै मन्त्री श्रेष्ठले क्रोयसियामा रहेका नेपालीहरूको समस्या आफूलाई थाहा भएको र समाधान छिट्टै हुने वाचा गरे ।

करिब २० हजारको संख्यामा नेपालीहरू क्रोयसियामा रहेको बताइएको छ । रोजगारीमा जानेहरूको संख्या बढेसँगै क्रोयसियामा कानुनी तथा प्रशासानिक जटिलता पनि थपिंदै गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?