१४ वैशाख, काठमाडौं । कराते खेलाडी विप्लवलाल श्रेष्ठ, क्यानाडाबाट अमेरिका भ्रमणमा रहेका आठौं साग स्वर्ण पदक विजेता सुरेन्द्र लाल श्रेष्ठ र सागमा दुई पटक स्वर्ण विजेता तथा प्रशिक्षक दीपक श्रेष्ठ अमेरिकामा समम्नित भएका छन् ।
उनीहरुलाई एभरेस्ट तेक्वान्दो युएसएका प्रमुख एवं नेपाल राष्ट्रिय तथा अन्त राष्ट्रिय खेलाडी संघका संस्थापक महासचिव कुमार कार्कीले सम्मान गरेका हुन् ।
तीनै जनालाई समम्न पत्रद्वरा सम्मान गरिएको दीपक श्रेष्ठले जानकारी दिए ।
विप्लव १३औं स्वर्ण पदक बिजेता र खेलाडी संघका अध्यक्ष समेत रहेका प्रशिक्षक दीपक आठौं र नवौं साग स्वर्ण पदक विजेता हुन् ।
युएसए ओपन इन्टरनेस च्याम्पियनसिपमा सहभागि हुन दीपक श्रेष्ठ र विप्लव श्रेष्ठ अमेरिका गएका थिए । उनीहरु अप्रलि २७ मा नेपाल फर्कनेछन् ।
प्रतिक्रिया 4