+
+

राप्रपा नेता तथा पूर्वआईजी ठाकुरमोहन माथि आक्रमण गर्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १३:३४
ठाकुरमोहन श्रेष्ठ ।

१४ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता तथा सशस्त्र प्रहरी बलका पूर्वआईजी ठाकुरमोहन श्रेष्ठमाथि आक्रमण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकोटको पलाताँ गाउँपालिका–९ घर भई काठमाडौं निलोपुल बस्ने ३१ वर्षीय निराजन बम छन् । उनलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

२७ फागुनमा काठमाडौं धुम्बाराहीस्थित पार्टी कार्यालयमा नेता श्रेष्ठमाथि आक्रमण भएको थियो । आफूमाथि आक्रमण भएको भन्दै श्रेष्ठले प्रहरी वृत्त महाराजगञ्जमा जाहेरी दिएका थिए ।

सार्वजनिक भएको सीसीटीभी फुटेजमा देखिएको दृश्यमा श्रेष्ठ अध्यक्ष राजेन्द्र लिङ्देनको कोठामा प्रवेश गर्न खोजेका थिए । तर ढोकामा पुग्दा नपुग्दै ४/५ जनाको समूहले श्रेष्ठलाई मुक्का र लात्ताले हानेका छन् ।

घटनापछि राप्रपा नेताहरूले पनि सीसीटीभी फुटेज हेरेका थिए, जसमा पाण्डेका पीए समेत रहेका सहमहामन्त्री प्रेम बलायर, काठमाडौं क्षेत्र नम्बर ४ का ऋद्धिप्रताप राणा, युवक संघका निराजन बम समेतले कुटपिट गरेको देखिएको थियाे ।

केन्द्रीय कार्यसम्पादन समितिमा उपाध्यक्ष बिक्रम पाण्डे र श्रेष्ठबीच विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर पाण्डेका पीएसमेत रहेका सहायक महामन्त्री बलायरसमेतले श्रेष्ठमाथि कुटपिट गरेका थिए ।

कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई अध्यक्ष राजेन्द्र लिङ्देनले ४ चैतमा निलम्बन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?