+
+

‘मिटू मुभमेन्ट’ : अदालतले उल्टायो हार्वी वाइन्स्टिनको १६ वर्षको जेल सजायको फैसला

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १३:४३
सन् २०२० मा अदालती सुनुवाइका लागि जाँदै हलिउड फिल्म निर्माता वाइन्स्टिन । तस्वीर : द न्युयोर्क टाइम्स

काठमाडौं । यौन शोषणविरुद्धको अभियान ‘मिटू मुभमेन्ट’लाई धक्का दिनेगरी अमेरिकाको न्युयोर्क अदालतले नयाँ फैसला गरेको छ । अदालतले बलात्कारको मुद्दामा दोषी ठहर भएका हलिउड फिल्म निर्माता हार्वी वाइन्स्टिनको १६ वर्षको जेल सजायलाई उल्टाएको छ ।

न्युयोर्कको पुनरावेदन अदालतले न्यायाधीशबीच ४–३ को बहुमतअनुसार उक्त निर्णय सुनाइएको द न्युयोर्क टाइम्सले जनाएको छ । अब यो मुद्दाको सुनुवाइ नयाँ शिराबाट सुरु हुने जनाइएको छ । मिटू आन्दोलनको क्रममा सन् २०१७ मा ७२ वर्षीय फिल्म निर्माताविरुद्ध ८० भन्दा बढी महिलाले यौन शोषण, उत्पीडन र यौन दुर्व्यवहारको आरोप लगाएका थिए ।

सन् २०२० मा हार्वी वाइन्स्टिनलाई बलात्कारको आरोपमा दोषी ठहर गर्दै २३ वर्षको जेल सजाय सुनाइएको थियो । सन् २०२२ मा उनलाई अर्को मुद्दामा पनि दोषी ठहर गर्दै १६ वर्षको जेल सजाय सुनाइएको थियो ।

न्युयोर्कको पुनरावेदन अदालतले बिहीबार वाइन्स्टिनको बलात्कारको सजायलाई पक्षपाती ठानेर खारेज गरेको छ । अदालतले ट्रायल कोर्टको न्यायाधीशको निर्णय ‘मिटू आन्दोलन’को पूर्वाग्रहले ग्रस्त भएको भनेको छ ।

सोही कारण अदालतमा मुद्दासँग कुनै सम्बन्ध नभएका महिलाको बयान पनि लिइएको अदालतको भनाइ छ । अदालतले हार्वी वाइन्स्टिनमाथि नयाँ मुद्दा चलाउन भनेको छ । तर उनी रिहा हुने छैनन् ।

समाचार एजेन्सी ‘एसोसिएटेड प्रेस’को रिपोर्टअनुसार अदालतका चारमध्ये तीन जना न्यायाधीशले बहुमतका आधारमा यो निर्णय गरेको हो । अदालतले ट्रायल कोर्टका न्यायाधीश जेम्स बर्कलाई ‘कथित घृणित अपराध र घृणित आचरण’को बारेमा अन्य महिलाको साक्षीको अनुमतिलाई ‘न्यायिक विवेकको दुरुपयोग’ भनेको छ ।

अदालतमा हार्वेका वकिल, आर्थर एडालाले न्यायाधीश बर्कले फिल्म निर्मातालाई आफ्नो विगतको बारेमा प्रश्न गर्न अनुमति दिएर मुद्दाको सुनुवाइलाई प्रभावित गरेको बताए । फैसलापछि ‘द न्युयोर्क टाइम्स’सँग कुरा गर्दै एडलाले भने, ‘यो फैसला न्युयोर्कमा आपराधिक मुद्दाको सामना गरिरहेका हरेक अभियुक्तको जित हो ।’

वाइन्स्टिनलाई ट्रायल कोर्टमा निष्पक्ष र कानुनी सुनुवाइ मौका नदिइएको उनको तर्क छ । यो नयाँ निर्णयपछि ७२ वर्षीय हार्वे वाइन्स्टिनले नयाँ मुद्दाको सामना गर्नुपर्ने हुँदा उनी जेलबाट रिहा हुने छैनन् । हार्वे अहिले न्युयोर्कको मोहाक जेलमा कैद छन् । उनलाई थप सजायका लागि क्यालिफोर्निया लगिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?