+
+

सिप्रदी र नबिल बैंकबीच सम्झौता, टियागो ईभी खरिदमा ८० प्रतिशतसम्म कर्जा दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १४:५७

काठमाडौं । टियागो ईभीमा नबिल बैंक लिमिटेडले देशभरिका शाखामार्फत ८० प्रतिशतसम्म सहज कर्जा उपलब्ध गराउने भएको छ । सहज कर्जासम्बन्धी समझदारीपत्रमा नबिल बैंक र टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदीबीच सम्झौता भएको छ ।

अब टाटा टियागो ईभी खरिद गर्न चाहने खरिदकर्ताले नबिल बैंक लिमिटेडको देशभरिका शाखामार्फत ८० प्रतिशतसम्म सहज कर्जा प्राप्त गर्न सक्नेछन् ।

सम्झौतामा टाटा टियागो ईभी खरिद गर्न चाहने व्यक्ति वा संस्थाले नबिल बैंकका सबै शाखाबाट ९.९९ प्रतिशत ब्याजदरमा सहज र सुलभ कर्जाको सुविधा पाउने उल्लेख छ ।

टाटाका गाडी खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थालाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधिभित्र रहेर कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

कम्पनीका अनुसार टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने ह्याचब्याक गाडी हो । हालसम्म यस गाडीका १ हजार ६०० भन्दा बढी ग्राहक रहेको र यो संख्या उल्लेख्य रुपमा वृद्धि भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार टियागो ईभी अहिले ५.२९ लाख डाउनपेमेन्टमा नेपाल बजारमा उपलब्ध छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?