+

महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

२०८१ वैशाख  १४ गते १८:२७ २०८१ वैशाख १४ गते १८:२७
महिनावारी रोकिनु गर्भ रहेको संकेत हो ?

महिनावारी नियमित रुपमा भइरहेको थियो तर एक्कासि रोकियो भने गर्भ रहेको वा अरु केही कारणले हो भन्ने मनमा आउँछ । तर महिनावारी रोकिनुसँगै तौल बढिरहेको छ, टाउको दुख्छ, वाकवाकी लाग्छ, थकान महसुस हुन्छ भने त्यो गर्भ रहेको संकेत हुनसक्छ ।

यो आवश्यक छैन कि गर्भावस्थामा प्रवेश गर्दा मात्र महिनावारी रोकिन्छ । गर्भावस्थाबाहेक अन्य कारणले पनि महिनावारी रोकिन सक्छ ।

गर्भावस्था बाहेक अन्य धेरै कारणले महिनावारी छुटेको वा ढिलो हुने गर्छ । यसका सामान्य कारण असन्तुलित हार्मोनदेखि लिएर गम्भीर चिकित्सा समस्या समेत हुनसक्छन् । सामान्यतया महिनावारी चक्र पहिलो महिनावारी र रजोनिवृत्तिको समयमा अनियमित हुन्छ । महिनावारी सामान्यतया हरेक २८ दिनमा हुन्छ । यद्यपि, एक स्वस्थ अवधि चक्र २४ देखि ३४ दिनसम्म रहन सक्छ । यदि यो चक्रभित्र महिनावारी भइरहेको छैन भने यसका विभिन्न कारण हुनसक्छन् ।

महिनावारी रोकिने कारण

महिनावारी नहुनुको कारण मधुमेह र थाइराइड पनि हुनसक्छ । यदि कुनै महिला मधुमेह वा थाइराइडबाट पीडित छिन् भने यसको प्रत्यक्ष असर उनको महिनावारीमा पर्छ । महिनावारी अनियमित हुने र धेरै महिनासम्म रोकिने हुनसक्छ । यस अवस्थालाई एमेनोरिया भनिन्छ ।

‘हाइपरप्रोलेक्टिनेमिया’ प्रोलाक्टिन हार्मोन बढी भएर, पाठेघरमा सिस्ट पलाउँदा पनि महिनावारी रोकिन सक्छ । पोलिस्टिक ओभरियन डिजिज (पिसिओडी)मा पनि महिनावारी गडबड हुने महिनावारी रोकिने समस्या देखा पर्न सक्छ ।

कुनै पनि प्रकारको संक्रमणले महिनावारीलाई प्रत्यक्ष असर गर्न सक्छ । पिसाबमा संक्रमणको कारण शरीरमा तनाव सिर्जना भएर महिनावारीलाई असर गर्न सक्छ । तनावपूर्ण जीवनशैली छ भने तनावले कोर्टिसोल उत्पादन बढाउँछ । यसले गर्दा महिनावारीमा ढिलाइ हुन्छ ।

बच्चालाई दूध खुवाइरहेको बेला र मोनोपोजमा पनि महिनावारी रोकिन्छ । साथै महिनावारी रोकिने अप्राकृतिक कारणमा एकदमै धेरै व्यायाम गर्ने, खानामा आइरन कम खाने, तौल एकदमै बढेको वा घटेको छ वा गर्भ निरोधक उपाय अपनाएको छ भने त्यस्तो अवस्थामा पनि महिनावारी रोकिन्छ ।

अहिले जीवनशैलीमा धेरै परिवर्तन र मोटोपनका कारण ‘प्रिमेच्योर ओभरियन फेलिएर’ समय भन्दा अघि नै अण्डाशयले काम गर्न छोड्दा पनि महिनावारी रोकिन सक्छ । डिप्रेसन र एन्जाइटीको औषधि खाइरहेको महिलामा पनि महिनावारी गडबड हुने तथा रोकिने हुनसक्छ ।

कुन बेला जाँच गर्ने ?

महिनावारी नहुँदा कति दिनपछि प्रेग्नेन्सी परीक्षण गराउनुपर्छ भन्ने प्रश्न धेरै महिलाको मनमा हुनसक्छ । महिनावारी नियमित छ भने अन्तिम महिनावारीको पहिलो दिनको चार हप्तापछि घरमै प्रेग्नेन्सी टेस्ट गर्न सकिन्छ । महिनावारी चक्र २८ दिनको छ भने यो गर्भावस्था जाँच गर्ने सही समय हो ।

पहिले नियमित महिनावारी भइरहेका महिला एक्कासि महिनावारी रोकियो भनेर आउँछन् भने सबैभन्दा पहिले त गर्भ रहेको छ कि छैन भनेर नै जाँच गरिन्छ । नियमित भइरहेको महिनावारी तीन महिनासम्म भएन, तौल बढिरहेको छ, कपाल बढेको छ, डण्डीफोर आएको छ भने जाँच गर्न अस्पताल जानुपर्छ ।

अहिले तनावको समस्या धेरैमा देखिने भएकाले तनाव छ कि छैन, गर्भ निरोधक साधनको प्रयोग गरेको छ कि, एनिमिया छ कि, शिष्ट छ कि छैन, हार्मोनको गडबडी भएको छ कि छैन लगायतको जाँच गरिन्छ ।

महिनावारी रोकिनुको कारण गर्भधारण हो भने अल्ट्रासाउन्ड गरिन्छ र त्यही अनुसार हेरचाहको सल्लाह दिइन्छ । अन्य कारण हो भने महिनावारी रोकिएको कारण थाहा पाएपछि त्यसको उपचार गरेर महिनावारी नियमित हुन्छ ।

गर्भधारण डा. प्रियंका त्रिपाठी महिनावारी महिला स्वास्थ्य
डा. प्रियंका त्रिपाठी
लेखक
डा. प्रियंका त्रिपाठी
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १०५४७ अध्ययन : एमबीबीएस, एमएस, फेलोसिप (कस्मेटिक गाइनोकोलोजी) हाल काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, ललितपुरको धापाखेलस्थित सुमेरु अस्पताल र जावलाखेलस्थित वान क्लिनिकमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?