
१४ वैशाख, काठमाडौं । आर्थिक वर्ष (आव) २०७९/८० मा धेरै रेमिट्यान्स भित्र्याउने ३ बैंक र ३ रेमिट्यान्स कम्पनी सम्मानित भएका छन् ।
नेपाल राष्ट्र बैंकले ६९ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेका हो ।
धेरै रेमिट्यान्स भित्र्याएर सम्मान हुने बैंकहरूमा ग्लोबल आईएमई बैंक, हिमालयन र नेपाल एसबीआई छन् ।
सो आर्थिक वर्ष कुल रेमिट्यान्समा ग्लोबलले २१.१ प्रतिशत, हिमालयनले २०.६ र नेपाल एसबीआईले १९.१ प्रतिशत भित्र्याएको राष्ट्र बैंकको तथ्यांक छ ।
त्यस्तै धेरै रेमिट्यान्स कम्पनीहरूमा आईएमई, सीटी एक्स्प्रेस र ईसेवा मनी सम्मानित भएका छन् । आईएमईले २७.५, सीटीले १४.९ र ईसेवाले १२.१ प्रतिशत रेमिट्यान्स भित्र्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4