+
+

राजनीतिक दलको सदस्‍यता लिएका शिक्षकलाई ५ दिनभित्र राजीनामा दिन निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १९:१८

१४ वैशाख, काठमाडौं। कपिलवस्तुको शिवराज नगरपालिकाले पालिकाभित्रका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजीनामा दिन निर्देशन दिएको छ ।

पालिकाले बुधबार सूचना जारी गर्दै शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिन भित्र सम्बन्धित राजनीतिक दलबाट राजिनामा दिई सो को जानकारी शिक्षा विभागमा पेश गर्न निर्देशन दिएको छ ।

पालिकाले शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले विभिन्न राजनीतिक दलको सदस्यता लिएको, कार्यकारीणी समितिमा रहेको, महाधिवेशन प्रतिनिधि भएकालाई कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्न पत्राचार गरेको भन्दै शिक्षक तथा कर्मचारीलाई निर्देशन दिएको हो ।

पालिकाले जारी गरेको सूचनामा भनेको छ ‘यस पालिकाभित्रका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिन भित्र सम्बन्धित राजनीतिक दलबाट राजिनामा दिई सो को जानकारी यस कार्यालयमा पेश गर्न निर्देशन गर्ने र पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धि उजुरी आएमा कानून बमोजिम कारबाहीका लागि सिफरीस गर्ने भनि नगर शिक्षा समितिको मिति २०८१।०१।१२ को बैठकबाट निर्णय भएको ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?