
१५ वैशाख, इलाम । उपनिर्वाचनलाई लक्षित गरी उच्चपदस्थ सुरक्षा अधिकारीहरु अनुगमनका लागि इलाम आइपुगेका छन् ।
नेपाली सेनाका २१ नम्बर बाहिनीका प्रमुख सहायक रथी युवधिर मान सिं अधिकारी, प्रहरीका कोशी प्रदेश प्रमुख डीआईजी चन्द्रकुवेर खापुङ र सशस्त्र प्रहरी बलका कोशी प्रदेश प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलसहितको टोली इलाम आइपुगेको हो ।
प्रदेश प्रहरीका एसपी भिम दाहालसमेत रहेको टोलीसँगै इलामका सुरक्षा अधिकृतहरुले महेन्द्र रत्न बहुमुखी क्याम्पसको क, ख र ग केन्द्रहरुको अनुगमन गरेका छन् ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरे, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, इलामका एसपी बासुदेव खतिवडा, सशस्त्र प्रहरी बलका एसपी, राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाईं, रणसार्दुल गण इलामका गणपति प्रल्हाद घले पनि अनुगमनमा सहभागी थिए ।
प्रहरीका प्रदेश प्रमुख डीआईजी खापुङका अनुसार इलामको देउमाईस्थित केही मतदान केन्द्रको समेत अनुगमन गर्ने कार्यतालिका रहेको छ । हालसम्म निर्वाचत शान्तिपूर्ण रुपमा निर्वाचन सञ्चालन भइरहेको खापुङले बताए ।
इलाममा ७१ मतदान केन्द्र सामान्य, ४१ संवेदनशील र ३७ अतिसंवेदनशील छन् । संवेदनशीलता अनुसार सुरक्षा व्यवस्था मिलाइएको उनी बताउँछन् ।
प्रतिक्रिया 4