+
+

धनुषामा आगलागी हुँदा ६ लाखको सामान जले

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते १३:२०

१५ वैशाख, जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाको एक घरमा आगलागी हुँदा ६ लाख रुपैयाँ भन्दा बढीको धनमाल क्षति भएको छ ।

हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको सामान राख्ने घरमा शुक्रबार राति साढे १० बजे आगलागी भएको हो ।

आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, बाजा, लत्ताकपडा, अन्नपात, नगद गरी गरी ६ लाख १० हजार रुपैयाँको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगलागी धनुषाधाम नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।

आगलागी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पीडित परिवारले परिवारभित्रको विवादमा ज्वाइँले आगलागी गराएको आरोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?