+

वेष्टइण्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

२०८१ वैशाख  १५ गते १४:१५ २०८१ वैशाख १५ गते १४:१५
वेष्टइण्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

१५ वैशाख, काठमाडौं । वेष्टइण्डिज ए ले पहिलो टी-२० खेलमा घरेलु टोली नेपाललाई २0५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्टइण्डिज ए ले २० ओभरमा ५ विकेट गुमाउँदै २०४ रन बनायो ।

वेष्टइण्डिज ए का कप्तान रोस्टन चेसले ४६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

ओपनर एलिक एथानाजे २५ बलमा ५ चौका र ३ छक्कासहित ४७, जोनसन चार्ल्स शून्य, आन्द्रे फ्लेचर १३ रनमा आउट भए । केसी कार्टी २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा आउट भए ।

कदिम एलियन १५ बला २ चौकासहित १४ रनमा नट आउट रहे ।

नेपालका कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र अभिनाश बोहराले १/१ विकेट लिए ।

क्रिकेट वेष्टइण्डिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय