+

वेष्टइण्डिज ए विरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

२०८१ वैशाख  १५ गते १५:०८ २०८१ वैशाख १५ गते १५:०८
वेष्टइण्डिज ए विरुद्ध रोहित पौडेलले बनाए अर्धशतक

१५ वैशाख, काठमाडौं । वेष्टइण्डिज ए विरद्धको टी-२० खेलमा नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाएका छन् । शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा रोहितले २७ बलमा अर्धशतक पूरा गरे ।

उनले ६ चौका र २ छक्काको मद्दतमा ५१ रन बनाएका हुन् । पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ ।

नेपालले ११ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । रोहित पौडेल २९ बलमा ६ चौका र २ छक्कासहित ५३ र दीपेन्द्र १ रनमा क्रिजमा छन् । ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६-१६ रनमा आउट भए ।

क्रिकेट रोहित पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय