+
+

वेष्ट इण्डिज ए विरुद्ध रोहित पौडेलको शतक

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते १५:४१

१५ वैशाख, काठमाडौं । वेष्टइण्डिज ए विरुद्धको टी-२० खेलमा नेपालमा कप्तान रोहित पौडेलले शतक पूरा गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिजले दिएको २०५ रनको लक्ष्य पछ्याउने क्रममा उनले ४७ बलमा १०१ रन बनाएका हुन् । त्यस क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका छन् ।

पहिले ब्याटिङ गरेको वेष्णइण्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । नेपालले १७.२ ओभरमा ४ विकेट गुमाउँदै १७८ रन बनाएको छ ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २४, ओपनर अनिल शाह ५ र कुशल मल्ल र कुशल भुर्तेल १६-१६ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?