+
+

रहेनन् टाउको जोडिएका जुम्ल्याहा, ६२ वर्षमा निधन

एजेन्सी एजेन्सी
२०८१ वैशाख १५ गते १८:०४

जन्मिंदै टाउको जोडिएका जुम्ल्याहा लोरी शापेल र जर्ज शापेलको ६२ वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकाको फिनाडेल्फियामा उनीहरुको मृत्यु भएको हो । अन्तिम संस्कार गर्ने संस्थाले उनीरुको मृत्युको काण भने खुलाएको छैन ।

मेयो क्लिनिकमा सर्जरी विभागका प्राध्यापक डाक्टर क्रिस्टोफरक मोयरले हालसम्म शरीर जोडिएका ६ वटा जुम्ल्याहाको सफल शल्यक्रिया गरेर अलग गर्न सफल भएका छन् । तर, उनले यसरी टाउको जोडिएका जुम्ल्याहाको भने हालसम्म शल्यक्रिया गरेका छैनन् ।

उनका अनुसार यदि लोरी र जर्जमध्ये एकजनाको पहिले मृत्यु भयो भने त्यसको केही बेरमै अर्कोको पनि मृत्यु पक्का थियो । किनकि यसरी शरीर जोडिएका जुम्ल्याहा अर्थात् कन्ज्वाइन्ड ट्वीन्सको शरीरमा साझा रक्तसञ्चार हुन्छ।

डाक्टर मोयरका अनुसार यसअघि यदि कसैले चमत्कारिक रुपमा जर्ज र लोरीको शल्यक्रिया गरेर टाउको छुट्याइदिएका भए पनि उनीहरु यति लामो समयसम्म जिवित रहन गाह्रो थियो ।

शल्यक्रियापछि तत्कालै कुनै एक जनाको मृत्यु हुनसक्थ्यो । लोरी र जर्ज वास्तवमा अनुमानभन्दा धेरै लामो समयसम्म बाँच्न सफल भए । उनीहरु क्रानियोपेगस ट्वीन्स थिए । अर्थात् उनीहरुको टाउको आपसमा जोडिएको थियो, जुन दुर्लभ हुन्छ।

गिनिज बुकको विश्व रेकर्डमा उनीहरु दुवैलाई दोस्रो स्थानमा राखिएको थियो । अर्थात् सबैभन्दा लामो समयसम्म बाँच्ने टाउको जोडिएका जुम्ल्याहाको सूचीमा उनीहरु दोस्रो स्थानमा थिए ।

उनीहरुको टाउकोको हिस्सा आपसमा जोडिएको थियो र उनीहरु विपरीत दिशामा देख्दथे । दुवै जनाको शरीर पनि पूर्णरुपमा सामान्य थिएन । जर्ज जन्मिने बेलामा छोरी थिए । तर, सन् १९९० मा उनको नाम रेबा राखियो । जाँचका क्रममा उनी समलिंगी भएको पत्ता लाग्यो ।

टाउको जोडिएका भए पनि उनीहरुले आफूलाई फरक-फरक व्यक्तित्वको रुपमा लिन्थे । उनीहरु फरक-फरक जीवन बाँचेका थिए ।

लोरीले सन् १९९७ मा एक डकुमेन्ट्रीमा भनेकी थिइन्- हामी दुवै जना फरक-फरक मानिस हौं । हामी संसारमा मात्र एउटा अंगले जोडिएर आएका छौं । हामी जन्मैदेखि यस्तै छौं । त्यसैले मानिसहरुले के बुझ्नुपर्छ भने हामीहरु दुवैजना शक्तिशाली मानव हौं ।

लोरीका अनुसार उनी र जर्जबीच जोडिएको टाउको बाहेक अरु धेरै चिजहरु छन् । लोरीले एउटा अस्पतालमा लन्ड्रीमा सन् १९९० सम्म काम गरिन् । जबकि जर्जले चाहिं वाद्यवादन गर्दथे ।

सन् १९९७ मा उनले लस एन्जल्स म्युजिक अवार्ड प्राप्त गरेका थिए ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?