+

महिला हक्कीमा आर्मीको विजयी सुरुवात

२०८१ वैशाख  १५ गते १९:३८ २०८१ वैशाख १५ गते १९:३८
महिला हक्कीमा आर्मीको विजयी सुरुवात

१५ वैशाख, धुलिखेल । छैटौं सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी क्लबले शनिबार विजयी सुरुआत गरेको छ ।

धुलिखेल खेल मैदानमा भएको उद्घाटन खेलमा आर्मीले गण्डकी प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्‍यो । आर्मीको जितमा सीमा खड्का, डम्मरा भट्ट र सरस्वती तामाङले समान १–१ गोल योगदान गरे ।

खेलको २१ औं मिनेटमा सिमाले गोल गर्दै टिमलाई अग्रता दिलाइन् । आर्मीका लागि डम्मराले खेलको ५० औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन् । सरस्वतीले ५६ औं मिनेटमा टिमका लागि तेस्रो गोल गरिन् । जितसंगै आर्मीले ३ अंक जोडेको छ ।

नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो खेलमा लुम्बिनी प्रदेशले अग्रता जोगाउन नसक्दा मधेश प्रदेशसँग १–१ गोलको बराबरीमा चित्त बुझाउनुपर्‍यो । लुम्बिनीका लागि अनन्या बर्नावालले खेलको ७ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् ।

मधेशकी आरतीकुमारी महतोले ४० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । दुवैले १–१ अंक बाँडेका छन् ।

प्रतियोगिताअन्तर्गत आइतबार चार खेल हुनेछन् । पहिलो खेलमा आर्मीले बागमती प्रदेशसँग खेल्दा दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले मधेश प्रदेशसँग खेल्नेछ । तेस्रो खेलमा गण्डकीले बागमतीको सामना गर्दा अन्तिम खेलमा लुम्बिनी प्रदेशले सुदूरपश्चिमसँग खेल्नेछ ।

प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको छ । सहभागी टिमलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ ।

प्रतियोगितामा पहिलो हुने टोलीले १ लाख पाउँदा दोस्रोले ७५ हजार र तेस्रो हुनेले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।

खेलकुद सहाना प्रधान स्मृति हक्की हक्की
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय