+
+

‘फर्की फर्की’को शीर्ष गीतमा रोमान्टिक अनमोल र जसिता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते २१:०६

काठमाडौं । सुयोग गुरुङ निर्देशित फेन्टासी ड्रामा ‘फर्की फर्की’को शीर्ष गीत सार्वजनिक भएको छ । रोमन बज्राचार्यद्वारा संगीतबद्ध गीतले फिल्मको चरित्र चित्रणबारे प्रकाश पार्छ ।

अनमोल केसी र जसिता गुरुङ फिचर्ड गीतले यी दुई जनाले निर्वाह गरेको चरित्रको आयामलाई दर्शाउँछ । यो रोमान्टिक नम्बरले प्रेमिल मुड सिर्जना गर्छ । एक किसिमले यो डान्सिङ ट्रयाक पनि हो ।

फिल्मको केन्द्रमा यी दुई पात्रको सम्बन्धलाई दर्शाइएको छ । फिल्मको उक्त कथ्यअनुसार नै बज्राचार्यले गीत कम्पोज गरेका छन् । गायनमा बजाचार्यले निकिता थापासँग सहकार्य गरेका छन् ।

ट्रेलरले दर्शकीय साथ पाइरहेको समयमा गीत सार्वजनिक भएको हो । गीतमा किरण थापाको नृत्य निर्देशन र विजेश पौडेलको सम्पादन छ ।

यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् भने मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा छन् ।

फिल्ममा रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ । नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल सम्पादक हुन् । बज्राचार्य र नरेन लिम्बु संगीतकार हुन् । अष्ट महर्जनको एक्सन छ । फिल्मको प्रदर्शन जेठ १० गतेलाई तय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?