+
+

बझाङमा मतपेटिका संकलनको काम सकियो, गणनाको तयारी

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते ११:५७

१६ वैशाख, धनगढी । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा मतपेटिका संकलनको काम सकिएको छ ।

साइपाल गाउँपालिका अन्तर्गत पर्ने मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत आइतबार बिहान सदरमुकाम चैनपुर पुर्‍याइएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले सबै मतपेटिका संकलन गरेपछि सर्वदलीय बैठक बोलाएको छ । जारी बैठकले मत गणना सम्बन्धी आचारसंहिता बनाउने छ ।

त्यस लगत्तै मत गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?