
१६ वैशाख, काठमाडौं । जुवातास खेलेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।
टोखा नगरपालिका–१० सिर्जना टोलस्थित हरि श्रेष्ठको घरमा जुवातास खेलेको आरोपमा प्रहरीले शनिबार ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको टोखा नगरपालिका–१० का ४९ वर्षीय हरि श्रेष्ठ, बाँसबारीका ६८ वर्षीय मानबहादुर पुन, बूढानीलकण्ठ–१३ का सागर लामा, गोकर्णेश्वर नगरपालिका–८ का ४९ वर्षीय नेमा लामा छन् ।
त्यस्तै बूढानीलकण्ठ–१२ का लोप्साङ लामा, टोखा नगरपालिका–३ का पुष्पबहादुर खड्का, ठिमी नगरपालिका–३ कौशलटारका ४८ वर्षीय देन लामा र नागार्जुन नगरपालिका–२ का ४५ वर्षीय शरणबहादुर गुरुङ पक्राउ परेका छन् ।
उनीहरूबाट १ लाख १३ हजार ५ सय नगद, जुवा खेल्न प्रयोग गरिएका १०९ थान क्वाइन र चार बुक तास बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4