+
+

सिन्धुली प्रहरी प्रमुखको जिम्मा एसपी तिम्सिनालाई

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १३:२०

१६ वैशाख, काठमाडौं । प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिम्सिनाले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको जिम्मेवारी पाएका छन् ।

निमित्त आईजी टेकप्रसाद राईका अनुसार एसपी तिम्सिनालाई सिन्धुलीको प्रहरी प्रमुखको रूपमा पठाइएको हो ।

एसपी तिम्सिना प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर फ्रान्सबाट फर्केपछि सिन्धुली जाने बताइएको छ । उनी प्रहरीको कर्मचारी प्रशासनमा कार्यरत थिए ।

यसअघि १० वैशाखमा सिन्धुलीका एसपी विनोद शर्मा हेडक्वाटर तानिएका थिए । जिम्मेवारी सम्हालेको २ महिनामै उनको जिम्मेवारी खोसिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?