+
+

अर्थको अडान लिएका माओवादी नेता साहलाई मुख्यमन्त्रीले दिए वन मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १४:१०

१६ वैशाख, जनकपुरधाम । मधेश सरकारमा गत वैशाख ६ गते बिना विभागीय मन्त्रीको रुपमा शपथ लिएका माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपा नेता सञ्जयकुमार यादवले सम्हालेको अर्थ मन्त्रालय पाउनुपर्ने अडान राखेका साहलाई मुख्यमन्त्री सरोजकुमार यादवले आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि अरु मन्त्रालय नसम्हाल्ने अडान राखेका साहलाई मुख्यमन्त्रीले वन मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री यादवले ४ वैशाखमा चौथो पटक विश्वासको मत लिनुपूर्व वन मन्त्रालय दिने वचन अनुसार त्यो मन्त्रालय पाउनुपर्ने साहको दावी थियो । त्यसकारण उनले वन मन्त्रालय अस्वीकार गर्दै आएका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टीका रमेशप्रसाद कुर्मीले ४ वैशाखमा नै सरकार छाडेपछि उनले सम्हालेको वन मन्त्रालय खाली भएको थियो ।

६ वैशाखमा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्दा मुख्यमन्त्री यादवले नेकपा माओवादी केन्द्रका साह र एकीकृत समाजवादीकी बेची लुंगेलीको मन्त्रालय तोकेका थिएनन् ।

लुंगेलीलाई १२ वैशाखमा श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएका मुख्यमन्त्री यादवले साहलाई आइतबार वन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

हेर्नुहोस् मधेश मन्त्रिपरिषदको विवरण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?