१६ वैशाख, काठमाडौं । दोस्रो टी-२० खेलमा वेष्ट इण्डिजविरुद्ध ब्याटिङ गर्ने क्रममा नेपाली ओपनर लोकेश बम घाइते भएका छन् ।
खुट्टामा समस्या भएपछि उनलाई मैदानबाटै स्ट्रेचरमा राखेर बाहिर ल्याइएको छ ।
लोकेश रिटायर्ड हर्ट भएपछि उनको स्थानमा अनिल साह मैदान प्रवेश गरेका छन् ।
१६१ रनको लक्ष्य पछ्याएको नेपालका लागि लोकेश र कुशल भुर्तेलको जोडीले ओपनिङ गरेको थियो ।
मैदान छाडेको केहीबेरपछि भने उनी पुन: खेल्नका लागि मैदान प्रवेश गरेका छन् ।
प्रतिक्रिया 4