
१६ वैशाख, इलाम । इलाम- २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको आइतबार दिउँसोदेखि मतगणना सुरु भएको छ । बिहान ११ बजे मतगणना सुरु गर्ने भनिए पनि ढिलाइ भएको थियो ।
मतगणनास्थल गौतमवुद्ध सभागृहबाहिर ठूलो संख्यामा सर्वसाधारण र दलका कार्यकर्ताहरु भेला भएका छन् । उनीहरु मतगणनाको ताजा परिणाम सुन्न गणनास्थलबाहिर जम्मा भएका हुन् ।
यो क्षेत्रमा एमालेबाट सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बु, राप्रपाबाट लक्ष्मी गुरुङ, पहिचान पक्षधरको समर्थनमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम लगायत उम्मेदवार छन् ।
फाकफोकथुम गाउँपालिकाको मतदान केन्द्रका बाकसबाट मतगणना सुरु गरिएको छ । त्यस क्रममा प्रारम्भिक अग्रता नेपाली कांग्रेसले लिएको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4