
१६ वैशाख, जनकपुरधाम। मधेश प्रदेश सरकारमा विना विभागीय मन्त्रीको शपथ लिएका भरतप्रसाद साहले आफूलाई जिम्मेवारी दिएको वन तथा वातावरण मन्त्रीको जिम्मेवारी स्वीकार नगर्ने बताएका छन् ।
अर्थ मन्त्रालय लिने अडान लिएका माओवादी केन्द्र संसदीय दलका नेता साहलाई मुख्यमन्त्री सरोज कुमार यादवले आज वन मन्त्रालयको जिम्मेवारी दिएका छन् ।
मुख्यमन्त्रीको कार्यविभाजनको सिफारिस अनुसार मधेश प्रदेश प्रमुखको कार्यालयले सूचना प्रकाशित गरेको छ । साहले आफू पनि प्रदेश प्रमुखको कार्यालयबाट प्रकाशित सूचनाबाट नै जानकारी पाएको बताए ।
‘मैले पनि त्यही सूचनाबाटै जानकारी पाएँ । मुख्यमन्त्रीले विश्वासको मत लिनु पूर्व गरेको सहमति कार्यान्वयन गर्नुपर्छ । वन मन्त्रालय म स्वीकार गर्दिनँ ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4