
फाइल तस्वीर
१६ वैशाख, काठमाडौं । सगरमाथाको चौथो क्याम्पसम्म बाटो बनाउने काम सम्पन्न भएको छ ।
पर्यटन विभागका अनुसार वसन्त ऋतुमा सगरमाथा, ल्होत्सेलगायत हिमालको आरोहण सहज बनाउन डोरी टाँग्ने कामको जिम्मेवारी पर्वतारोहण संघ नेपालको व्यवस्थापनमा सेभेन समिटले पाएको थियो ।
क्याम्प २ देखि चुचुरोसम्म बाटो बनाउन खटिएको टोली अपरान्ह २ बजेर २० मिनेटमा चौथो क्याम्प (साउथ कोल) पुगेको विभागले जनाएको छ । अब साउथ कोल (७,९५० मिटर) सम्म बाटो खुला भएको छ ।
सगरमाथा आधार शिविरमा अहिले आरोही र उनीहरुको सहयोगीहरू पुग्ने क्रम जारी छ ।
विभागको पछिल्लो तथ्यांक अनुसार यस सिजनका लागि कुल ९५ टोलीका ८६१ जना आरोहीले २७ वटा हिमाल आरोहण गर्न अनुमति लिएका छन् । यसमध्ये सगरमाथामा ३७ टोलीका ३९० जनाले अनुमति लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4