
तस्वीर : रासस
१६ वैशाख, गुल्मी । गुल्मीको ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गा वनमा भीषण आगलागी भइरहेको छ ।
हावाहुरी सहितको आगलागीका कारण रेसुङ्गामा रहेको रेडियो नेपाल, नेपाल टेलिकम र एनसेलको टावर उच्च जोखिममा परेका छन् ।
रेसुङ्गा वन क्षेत्र पारिस्थितिक प्रणाली र पर्यावरणीय दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ ।

शनिबार दिउँसोदेखि रेसुङ्गा वनमा आगलागी सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार हावाहुरीका कारण आगलागी नियन्त्रणभन्दा बाहिर छ ।
जिल्लाभर एउटामात्रै दमकल भएको र सबै ठाउँमा पुग्न नसक्ने भएका कारण आगो निभाउन थप समस्या भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4