+
+

बलिउड गायिका कनिका कपुरले नचाइन् काठमाडौं

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते २१:०६

काठमाडौँ । बलिउड गायिका कनिका कपुरले काठमाडौंमा सांगीतिक प्रस्तुति दिएकी छन् । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘कनिका कपुर साँझ’मा उनले दर्शक नचाइन् ।

उक्त कन्सर्टमा आफ्नो दर्जन बढी लोकप्रिय गीत प्रस्तुत गरिन् । डेढ घण्टा स्टेज तताएकी कनिकाले आफ्ना हिट गीतहरु चिटिया कलैया, बेबी डल, लव लेटर, देशी लुक्स लगायतका हिट बलिउड ट्रयाक गाइन् ।

तपस्या इन्टरटेनमेन्टले उनलाई नेपाल ल्याएको हो । नेपाली दर्शकलाई मनोरञ्जन दिने र पर्यटन प्रवर्धनको उद्देश्यले कनिकालाई नेपाल ल्याएको आयोजक संस्थाका निर्देशक अभिषेक झाले बताए । उनी पहिलोपटक नेपाल आएकी हुन् । उनी आइतबार बिहानै भारत फर्किएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?