
१७ वैशाख, धनगढी । बझाङको प्रदेश सभा १ उपनिर्वाचनमा नेकपा एमालेलाई पछि पार्दै नेपाली कांग्रेसले अग्रता लिएको छ । नेकपा एमालेका दमन भण्डारीलाई उछिन्दै नेपाली कांग्रेसका अभिषेक सिंहले अग्रता लिएका हुन् ।
सिंहले ८ हजार ४०६ मत पाएका छन् भने नेकपा एमालेका भण्डारीले ८ हजार १६५ मत पाएका छन् । उपनिर्वाचनको सुरुआती मत गणनामा नेकपा एमालेले दाेब्बर मतसहित अग्रता बनाएको थियो ।
तेस्रो स्थानमा नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ११३ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार २६६ मत पाएका छन् ।
राप्रपाका किशोर खड्काले २ सय ०६ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4