+
+

इलाम-२ : डाकप्रसादले खाता नै खाेलेनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते ८:२१
एमालेका सुहाङ नेम्वाङले अग्रता अन्तर बढाउँदै लगेका छन् ।

१७ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले अग्रता अन्तर बढाउँदै लगेका छन् । फाकफोकथुम गाउँपालिका र चुलाचुली गाउँपालिकाका सबै वडा र माङसेबुङ वडा नम्बर १ को मत गणना सकिँदासम्म नेम्वाङ २ हजार ६१६ मतले अगाडि छन् ।

नेम्वाङले ८ हजार ८९८ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार २८२ मत ल्याएका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ४ हजार ६३४ मतसहित तेस्रो स्थानमा छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ३०५ मत पाएका छन् ।

एकीकृत समाजवादीका जितबहादुर राईले २ सय ४० मत पाएका छन् । मंगाेल नेसनल अर्गनाइजेसनका मनिबहादुर लिम्बुले २ सय ९ र जनमतका प्रेमकुमार थाम्सुहाङले ५४ मत पाएका छन् ।

डाकप्रसाद गौतमले शून्य मत पाएको निर्वाचन आयोगले जनाएको छ । इलाम नगरपालिका-७ इलाम घर भएका गौतम स्वतन्त्र उम्मेदवार हुन् । उनले महिला चुनाव चिन्ह पाएका थिए ।

१० मत पनि नकटाउने उम्मेदवार ५ जना रहेकाे आयोगले जनाएको छ ।

इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।  उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?