+
+

भोजपुरमा जिप दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १२:१४

१७ वैशाख, काठमाडौं । भोजपुरको आमचोक गाउँपालिका वडा नम्बर ८ पारकुवामा जिप दुर्घटना भएको छ ।

बालाङ्खाबाट दुम्माना हुँदै मैयुटार जाँदै गरेको को १ ज २६१७ नम्बरको बोलेरो जिप दूधकोशी नदी किनारमा खसेको छ ।

दुर्घटनामा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक गाउँपालिका–१० की २७ वर्षीया रुँगा राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए ।

घाइतेहरुलाई उद्धार गरी उपचारका लागि सुनसरीको धरानस्थित घोपा पठाइएको छ । घाइतेहरुको नामावली र अवस्था खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?