+
+

टोरन्टोमा नेपाली फिल्म ‘देवी’को वर्ल्ड प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते १७:१६
‘देवी’ फिल्मका छायांकार विष्णु कल्पित घिमिरे र निर्देशक सुविना श्रेष्ठ टोरन्टोमा आयोजित हट–डक्स अन्तर्राष्ट्रिय डकुमेन्ट्री फिल्म फेस्टिभलमा ।

काठमाडौं । सुविना श्रेष्ठ निर्देशित वृत्तचित्र ‘देवी’ नेपाली क्यानडाको टोरन्टो हट-डक्स अन्तर्राष्ट्रिय डकुमेन्ट्री फेस्टिभलमा विश्व प्रिमियर भएको छ । नेपाली समयानुसार सोमबार बिहान आयोजित प्रिमियरमा निर्देशक श्रेष्ठसहित छायांकार विष्णु कल्पित सहभागि रहे ।

यो फिल्म हेर्न दर्शकको खचाखच उपस्थिती थियो । टोरन्टोबाट अनलाइनखबरसँग कुरा गर्दै छायांकार कल्पितले स्क्रिनिङपछि उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताए । यो फिल्म बुधबार पनि पुनः प्रदर्शन हुँदैछ ।

स्क्रिनिङपछि मेकरले दर्शक र मिडियासँग प्रश्नोत्तर गरेका थिए । निर्देशक श्रेष्ठले क्रिटिक्स र दर्शकको चासो शान्त पार्ने प्रयत्न गरिन् । ८० मिनेट लामो यो फिल्मले नेपालको दशक लामो सशष्त्र द्वन्द्वको क्रममा यौन हिंसा भोगेका महिलाको न्यायका लागि माओवादी नेतृ तथा पूर्वसांसद देवी खड्काले गरेको संघर्षको कथा भन्छ ।

यो फिल्मलाई टोरन्टोपछि न्यूजिल्याण्ड र दक्षिण कोरियाली फेस्टिभलमार्फत एसिया प्रिमियर गर्ने तयारी छ । त्यसपछि नेपालमा स्क्रिनिङको तयारी भएको निर्देशक श्रेष्ठले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?