
१७ वैशाख, काठमाडौं । कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा कास्कीबाट २ जना व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–११ फूलबारीका ३९ वर्षीय नारायण बाँस्तोला र सोही ठाउँका ३७ वर्षीय रामचन्द्र बाँस्तोला छन् ।
उनीहरूले आइतबार पोखराको फूलबारीस्थित शिवशक्ति माविमा सञ्चालन भइरहेको कक्षा १२ को सामाजिक शिक्षा विषयको प्रश्नपत्र आउट गरेको आरोप छ ।
उनीहरूबाट प्रहरीले ८ थान उत्तरपुस्तिका र ३ थान मोबाइल बरामद गरेको छ । शिक्षा ऐन, २०२८ अन्तर्गतको कसुरमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4