
१८ वैशाख, काठमाडौं । रिडी पावर कम्पनीको लिलामी सेयर खरिदका लागि आवेदनका साथ रकम भुक्तानी गरेका, तर सेयर नपाएकाले बिहीबारदेखि पैसा फिर्ता पाउने भएका छन् । बिक्री प्रवन्धक मुक्तिनाथ क्यापिटलले एक सार्वजनिक सूचना जारी गर्दै बिहीबारदेखि रकम फिर्ता गरिने जनाएको हो ।
रिडी पावरको हकप्रदमा बिक्री नभएको ११ लाख ३५ हजार ६५७ कित्ता सेयर लिलामी बिक्रीमा आएको थियो । सो सेयरमा बोलपत्र आवेदन गर्नेमध्ये धेरै मूल्य प्रस्ताव गरेका आधारमा बाँडफाँट गरिएको छ ।
जसअनुसार अन्तिम कटअफ मूल्य १४८ रुपैयाँ १० पैसा कायम भएको क्यापिटलले जनाएको छ । सोभन्दा माथिको मूल्यमा आवेदन दिएकाले सेयर पाउनेछन् । सोमबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १६९ रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4