
१८ वैशाख, काठमाडौं । मंगलबार सुनको भाउ अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएकोमा आज पनि सोही मूल्य तय भएको छ ।
यसअघि हिजो ४ सय रुपैयाँ घटेको थियो । वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६६५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६५० कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4