
१८ वैशाख, काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका–४ बडिखेल जंगलमा डढेलो निभाउने क्रममा घाइते भएका एक जनाको मृत्यु भएको छ ।
घाइते भएका शंकर पहरीको उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
मंगलबार दिउँसो डढेलो निभाउने क्रममा स्थानीय शंकर पहरी र रमेश पहरी घाइते भएका थिए ।
ललितपुरको गोदावरी नगरपालिका– ६ आनन्द वनमा पनि डढेलो फैलिंदा कुष्ठरोग अस्पतालका बिरामी अन्यत्र सारिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4