
१८ वैशाख, काठमाडौं । जनवादी गणतन्त्र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका उपाध्यक्ष लाङ फुकुआन र नेपाली महावाणिज्य दूतावास ल्हासाका महावाणिज्यदूत नवराज ढकालले चोभार सुक्खा बन्दरगाहको अवलोकन गरेका छन् ।
अवलोकन गर्ने क्रममा उपाध्यक्ष फुकुआनले ल्हासाबाट रसुवा र तातोपानी नाका भई सिधै चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउने सम्बन्धमा आवश्यक पहल गर्ने आश्वासन दिएका छन् ।
महावाणिज्यदूत ढकालले ल्हासाबाट सिधै चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउने व्यवस्थाका लागि आफ्नो तर्फबाट आवश्यक पहल र समन्वय गर्ने बताए ।
सो क्रममा नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले उत्तरी नाका (रसुवा र तातोपानी) बाट समेत चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन सक्ने व्यवस्था हुन सके चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालन हुन सहयोग पुग्ने बताए ।
प्रतिक्रिया 4