+

टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा कमल र सागर पनि

२०८१ वैशाख  १९ गते १८:३८ २०८१ वैशाख १९ गते १८:३८
टी-२० विश्वकप खेल्ने नेपाली टोलीमा कमल र सागर पनि

१९ वैशाख, काठमाडौं – नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ जनाको टोली घोषणा गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) को घोषणा टोलीमा स्पिनर सागर ढकाल र तीव्र गतिका बलर कमल सिंह ऐरी अन्तिम टोलीमा परेका छन् ।

टी-२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् । नेपालले पहिलो खेल ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्नेछ । नेपालले १२ जुनमा श्रीलंकासँग खेल्नेछ ।

१५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा नेपालले बंगलादेशसँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले सुपर ८ मा स्थान बनाउनेछ ।

नेपालको टोली :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, ललित राजवंशी, सागर ढकाल र कमलसिंह ऐरी र अनिलकुमार शाह ।

कमल सिंह ऐरी क्रिकेट विश्वकप सागर ढकाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय