
२० वैशाख, काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो बसेको संचालक समिति बैठकले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र ९.५० नगदसहित कुल ३४.५० प्रतिशत लाभांश घोषणा गरेको छ ।
कुल १ अर्ब रुपैयाँको बोनस सेयर र ३८ करोड रुपैयाँ बराबर नगद लाभांश प्रदान हुने कम्पनीले जनाएको छ । उक्त लाभांश प्रस्ताव स्वीकृतिका लागि नियामक बीमा प्राधिकरण पठाइएको छ । प्राधिकरणबाट स्वीकृत भएपश्चात साधारणसभाबाट पारित गरी लगानीकर्ताले पाउने छन् । बोनस सेयरपछि कम्पनीको चुक्ता पूँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4