+

वेस्टइन्डिज ए विरुद्ध रोहित पौडेलको अर्धशतक

२०८१ वैशाख  २० गते १४:५८ २०८१ वैशाख २० गते १४:५८
वेस्टइन्डिज ए विरुद्ध रोहित पौडेलको अर्धशतक

२० वैशाख, काठमाडौं ।  वेस्टइन्डिज एसँगको चौथो टी-२० खेलमा नेपालका कप्तान रोहितकुमार पौडेलले अर्धशतक प्रहार गरेका छन् ।

कप्तान पौडेलले ३४ बलमा २ छक्का र ६ चौका मद्दतमा ५० रन पूरा गरेका हुन् ।

यो शृङ्खलामा रोहितको यो  अर्धशतकमाथिको लगातार  तेस्रो स्कोर हो ।  उनले पहिलो खेलमा ११२ र दोस्रो खेलमा उनले ७१ रन बनाएका थिए ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको वेष्टइन्डिजले २० ओभरमा ३ विकेट गुमाउँदै २१० रनको लक्ष्य दिएको छ ।

नेपालले अहिले ४ विकेट गुमाएर खेलिरहेको छ ।

रोहित पौडेल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय