+

प्रिमियर लिगमा चेल्सीले टोटनहमलाई हरायो

२०८१ वैशाख  २१ गते ७:५५ २०८१ वैशाख २१ गते ७:५५
प्रिमियर लिगमा चेल्सीले टोटनहमलाई हरायो

२१ वैशाख, काठमाडौं । प्रिमियर लिगमा चेल्सीले लण्डन प्रतिद्वन्दी टोटनहमलाई २-० ले पराजित गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि ट्रेबोह चालोबाहले २४औं र निकोलस ज्याक्सनले ७२औं मिनेटमा गोल गरे ।

जितपछि चेल्सीले अर्को सिजन युरोपमा खेल्ने सम्भावना जिवितै राखेको छ ।

चेल्सी ३४ खेलबाट ५२ अंक जोडेर आठौं स्थानमा उक्लेको छ । लिगमा अब चार चरणको खेल बाँकी रहँदा चेल्सी पाँचौ स्थानको टोटनहम भन्दा ९ अंकले पछि छ । टोटहमको समान खेलबाट ५९ अंक छ ।

प्रिमियर लिगको शीर्ष चार क्लबले अर्को सिजन च्याम्पियन्स लिग खेल्नेछ भने पाँचौ हुने क्लबले युरोपा लिग खेल्नेछ ।

चेल्सी टोटनहम प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय